भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाको ठाडो चुनौती

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाको ठाडो चुनौती

काठमाडौं । गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडो चुनौती दिएका छन् ।

बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका हुन् । प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार रहेको भन्दै देउवाले गणतन्त्र विरुद्ध माहोल तयार पार्छु भन्ने मुर्खता नगर्न शाहलाई अनुरोध गरे ।

देउवाले भने, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ, गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’ संविधानमा केही सुधार्नु पर्ने भए त्यसलाई सुधार्दै जाने पनि देउवाले बताए ।

स्मृति कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराई समाज सुधारमा महत्वपूर्ण योगदान दिएको भन्दै स्वर्णपदकबाट सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.