भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पोलिस लगाएको चामल आयातमा वृद्धि, धानमा भन्सार शुल्क हटाउने

पोलिस लगाएको चामल आयातमा वृद्धि, धानमा भन्सार शुल्क हटाउने

काठमाडौं । नेपाल पठाउने धानमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क भारतले हटाउने भएको छ । भारतीय राजस्व विभागले नेपाल निर्यात हुने ६ लाख टन धानमा छुट दिने भएको हो । थोरै भएपनि यसले नेपाललाई राहत पुग्ने भन्सार विभागले जनाएको छ । आपूर्ति मन्त्रालयको अनुरोधमा भारतले छुट दिएको हो ।

६ लाख टनभन्दा बढी ल्याए २० प्रतिशत शुल्क लाग्ने वाचासहित भारतले कनिका, गहुँमा प्रतिबन्ध लगाएको छ । नेपालमा निकासी गर्ने परिमाणात्मक बन्देज लगाएर गरेको भन्सार छुट दिएपछि नेपालमा चामल केही सस्तो हुने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ठूलो जनसंख्या भएको भारतले आफ्ना जनताका लागि खाद्य सुरक्षा गर्न कडाइ गर्नु स्वाभाविक रहेको जानकार बताउछन् ।

भारतको निकासीमा कडाइ र नेपालको भन्सारमा कृषिसुधार शुल्क तथा अग्रिम आयकर शुल्क तिर्नुपर्दा चामलको मूल्य महँगो परिरहेको थियो । तर धानमा दिएको छुटले सस्तो पर्न जाने बताइएको छ । गत आर्थिक वर्षमा बेमौसमी वर्षाले क्षति पुर्‍याएकाले धान उत्पादनमा कमी आउँदा बढी आयात गर्नु परेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाशकुमार सञ्जेलले बताए ।

धान नेपालमै वार्षिक ५५ लाख मेट्रिकटन उत्पादन हुने गरेको छ। नेपालमा हालसम्म १५ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । भारतले निकासीमा भन्सार शुल्क तोकेर कडाइ गरेपछि नेपालमा धान आयात ह्वात्तै घटेको छ । साउनमा भारतबाट १ अर्ब ७० करोड रुपैयाँबराबरको धान आयात भएको थियो ।

तर असोजमा ३८ करोड ७५ लाख रुपैयाँबराबरको मात्रै आयात भएको भन्सार विभागको तथ्यांक छ। यस अवधिमा धानको बीउका लागि भारतबाट हुने आयात शून्य नै रह्यो । तर उपभोगका लागि भारतबाट मात्रै ल्याउने पोलिस लगाएका वा नलगाएका चामलको आयात भने वृद्धि भएको देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.