प्र.अ. स्वर्गिय डेकेन्द्र विकको श्रद्धाञ्जली सभा

प्र.अ. स्वर्गिय डेकेन्द्र विकको श्रद्धाञ्जली सभा

छेपाडी । आदर्श आधारभूत विद्यालयका प्र.अ. डेकेन्द्र विकको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आज उनको फोटोमा अविर माला लगाएर विशिष्ट व्यक्तित्वहरुले सभा सम्पन्न गरेका हुन ।

उनको भारतमा रहेका परिवारका अन्य सदस्यले पनि फोटोमा अविर तथा मालालगाएर श्रद्धाञ्जली सभा गरेका छन् । विद्यालयको एक प्र.अ. मात्र नगुमाएर सिंगो समाजको एक नक्षेत्र गुमाएको भन्दै स्थानीयले उनको योगदानको स्मरण गरेका छन् । प्र.अ. डेकेन्द्र विकको यही भाद्र २४ गते मृत्यु भएको थियो ।

को हुन प्रअ डेकेन्द्र विक ?
साविक सिंहासैन गाविस हाल आठबीस नगरपालिका वडा नं. ९ छेपाडी निवासी बुवा खाम्म विक र आमा जलु विकको कान्छो छोराको रुपमा जन्मिएका डेकेन्द्र विकको जन्म २०४२ असार २३ गते भएको हो ।

सानै उमेरमा दैलेखका विभिन्न गाविस तथा वडाहरुमा नेपाल मजदुर किसान पार्टीको सास्कृतिक संगठन नेपाल क्रान्तिकारी साँस्कृतिक संघका तर्फबाट समाज रुपान्त्रण अभियानमा होमिएका थिए ।

उ बेला नेता बजिरसिंह विकको नेतृत्वमा साँस्कृतिक अभियानहरू गाउँ गाउँमा संचालन हुने गर्दथ्य । नेपाल मजदुर किसान पार्टीका नेता हर्क बहादुर शाही, तर्क बहादुर बडुवाल, पूर्ण बहादुर शाही, निरक बहादुर शाही, जग्यबहादुर शाही लगायतका नेता कार्यकर्ताहरू विशेष गरी अभियानमा हाेमिएका थिए ।

साेही अभियानमा होमिएका एक असल कलाकारका रुपमा स्थापित डेकेन्द्र विक एक साँस्कृतिक योद्धा पनि हुन । उनको देहवसानले दैलेखको कम्युनिष्ट आन्दोलन र साँस्कृतिक आन्दोलनमा क्षेती पुग्न गएको दैलेखबासीले बताएका छन् ।

२०६४ फागुन १५ गते श्री आदर्श आधारभूत विद्यालयमा कार्यरत भई सामाजिक कार्यमा निरन्तर लागेर काममा खटिएका थिए । स्वर्गिय विकको योगदानको समाजले जहिले पनि अनुसरण गर्ने श्रद्धाञ्जली सभामा बाेल्ने वक्ताहरूले बताए ।

मृतक विकको आत्माले शान्ति पावस भन्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना स्थानीयवासीले प्रकट गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.