काठमाडौं । मंसिर ४ मा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको निर्वाचन आयोगले बताएको छ ।
देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको जनाएको हो ।
मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको छ ।
अब हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने आयोगको भनाइ छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुईदुई वटा मतपत्र छापिएका छन् ।
प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।
देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।
