भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेवलको संकेत, एमाले अवरोध कायमै

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेवलको संकेत, एमाले अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा परेको छैन ।

बैठक अघि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेकाले उक्त बैठकबाट एमसीसी टेबल गर्ने कार्यसूचि थपिने सक्ने बताइएको छ । यद्यपी सत्ता घटकहरुबीच नै मतभेद बढेकाले एमसीसी आज पनि टेबल हुने गरी सहमति जुट्ने सम्भावना क्षीण देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी टेबल गर्ने पक्षमा रहनु भएको छ । सरकारले जोड गरे सभामुखले एमसीसी प्रस्ताव टेबल गर्नबाट भने रोक्न नमिल्ने बताइएको छ । उता, नेकपा एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.