काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा प्रधानमन्त्री देउवा र ओलीबीच शनिबार विहान भेटवार्ता भएको हो ।
भेटघाटपछि पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कुराकानी सकारात्मक भएको बताएका छन्। संसद्मा एमालेले अवरोध हटाउन र संसद् बैठक प्रभावित नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरेको उनको भनाइ छ ।
त्यसलाई सहज बनाउन प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एकल संवाद भइको बुझिएको छ । आवश्यकताका आधारमा एमाले अघि बढ्ने प्रतिक्रिया दिएको ओलीले बताए ।
