भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री देउवाको जम्बो टोली दिल्ली जाँदै

प्रधानमन्त्री देउवाको जम्बो टोली दिल्ली जाँदै

काठमाडौं । ५० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा जाँदै छन् । गठबन्धनबाट प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने सचिवालयले जनाएको छ । भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टोलीमा परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायतको सहभागिता रहने छ । भारतमा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने बताइएको छ ।

भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।

सिमा विवादवारे पनि छलफलको एजेण्डा बनाउनु पर्ने विभिन्न राजनैतिक दलले सुझाव दिएको बुझिएको छ । १९ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाले भेटवार्ता गर्ने तालिका सार्वजनिक भएको छ ।

सोही अवसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त उदघाटन गर्ने कार्यक्रम पनि छ ।

 


Thali Mobile Pvt.Ltd.