भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको अस्पताल स्रोतले बतायो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो ।

अहिले प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यानमै थिइन् । आज दिउसाे ११ बजे देखि १ बजेसम्म दाहालकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) काे पार्टी कार्यालय पेरिस डाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.