भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको अस्पताल स्रोतले बतायो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो ।

अहिले प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यानमै थिइन् । आज दिउसाे ११ बजे देखि १ बजेसम्म दाहालकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) काे पार्टी कार्यालय पेरिस डाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.