भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी किशोरीसंग विवाह

प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी किशोरीसंग विवाह

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफुभन्दा २३ वर्ष कान्छी किशोरीसंग गुपचुपमा विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले आफ्नी प्रेमिका केरी साइमन्ड्सँग विवाह गरेको जनाएका छन् । समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको छ ।

यद्यपि, जोनसनका डाउनिङ स्ट्रीट अफिसका प्रवक्ताले यी रिपोर्टमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्वीकार गरेका छन् । बेलायती पत्रिका द सन र मेल अन सन्डेमा छापिएको रिपोर्ट अनुसार विवाहका सबै पाहुनालाई अन्तिम समयमा आमन्त्रण गरिएको थियो ।

यो विवाहको जानकारी वरिष्ठ अधिकारीलाई पनि दिइएको थिएन । कोरोनाका कारण बेलायतमा विवाहमा ३० जनाभन्दा बढी सरिक हुन अनुमति छैन । सन् २०१९ मा प्रधानमन्त्री बनेपछि नै जोनसन आफ्नी ३३ वर्षीया प्रेमिका केरी साइमन्ड्ससँग साउथ डाउनिङ स्ट्रीटमा बसिरहेका छन् । अघिल्लो वर्ष यी दुईले आफ्नो सम्बन्धबारे घोषणा गरेका थिए । साथै जन्मन लागेको बच्चाबारे पनि जानकारी दिएका थिए । सन् २०२० मा उनीहरुको छोरा जन्मिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.