काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । मंगलबार सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसन र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको हो ।
भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने जनाइएको छ भने दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
