भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

प्रहरी हवलदार घाइते

प्रहरी हवलदार घाइते

विराटनगर । गाँजा तस्करलाई समात्न खोज्दा एक जना प्रहरी घाइते भएका छन् । भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका हुन् ।

विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवलदार घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुध नगरका सहायक हवलदार ३१ वर्षीय राजा साह घाइते भएको डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले बताए ।

उनको कोसी अस्पतालमा उपचार भइरहेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

घटनामा संलग्न भने फरार भएका छन् । खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.