भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरी हवलदार घाइते

प्रहरी हवलदार घाइते

विराटनगर । गाँजा तस्करलाई समात्न खोज्दा एक जना प्रहरी घाइते भएका छन् । भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका हुन् ।

विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवलदार घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुध नगरका सहायक हवलदार ३१ वर्षीय राजा साह घाइते भएको डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले बताए ।

उनको कोसी अस्पतालमा उपचार भइरहेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

घटनामा संलग्न भने फरार भएका छन् । खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.