भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

फिनल्याण्डमा दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित

फिनल्याण्डमा दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित

एजेन्सी । फिनल्याण्डमा कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भएका छन् । आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको हो । त्यहा दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित भएको सञ्चार माध्यमले जनाएका छन् ।

मध्य दक्षिणपन्थी पार्टी नेशनल कोअलिसन पार्टीले सबै भन्दा बढी २० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ । अति दक्षिणपन्थी द फिन्सले २० प्रतिशत मत प्राप्त गरेको छ । युरोपेली देशहरुमा नै कान्छो उमेरकी ३७ वर्षीय प्रधानमन्त्री मरिनले पराजय स्वीकार गरेकी छन् ।

प्रधानमन्त्री सान्ता मरिनको सोसल डेमोक्रेट्स पार्टीले १९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेको छ । २ सय सिटका लागि भएको निर्वाचनमा कुनै पनि दल बहुमत प्राप्त गर्न असफल भएका छन् । नेशनल कोअलिसन पार्टीका नेता पिटिरो ओर्पोले आफ्नो दललाई सबै भन्दा ठूलो जनादेश प्राप्त भएको भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.