भर्खरै : Sorry, your browser does not support inline SVG.

‘फुट कि एकता’ नेकपा नेतृत्वमा आज निर्णायक वार्ता हुदै

‘फुट कि एकता’ नेकपा नेतृत्वमा आज निर्णायक वार्ता हुदै

२१ असार २०७७ काठमाडौं । पार्टी गठनको २ वर्ष नपुग्दै फुटको अन्तिम बिन्दुमा पुगेको नेकपाका दुवै जना नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीबीच आज निर्णायक वार्ता हुनलागेको छ । प्रधानमन्त्रीले अध्यक्ष पदसमेतबाट राजीनामा मागेका प्रचण्ड, नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम समूहको दवावले पार्टी फुटाउने खेल चरम भएपछि आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको नेकपाका एक नेताले बताए ।

निर्णायक बार्तामा नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन, ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, मन्त्री र मुख्यमन्त्री हेरफेरलगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

आजको बैठकले निकास नदिए पार्टी विभाजन हुने पनि स्रोतको दावी छ । स्थायी कमिटी बैठक स्थगित गर्दै निकास खोज्ने प्रयास गरेका शीर्ष नेताहरू विवाद मिलाउन भन्दा शक्ति देखाउन क्रियाशिल हुँदा बैठक हुन सकेन । प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीलाई बालुवाटार बोलाएर कित्ता कट गर्न निर्देशन दिएपछि प्रचण्ड पक्षले ओलीलाई कारबाही गर्नेसम्मको तयारी थालेको छ ।

ओलीले विधि र पद्धतिभन्दा बाहिर गएर धम्क्याउन थालेको र युवालाई प्रदर्शनमा उतार्न थालेको भन्दै आवश्यक निर्णय लिने प्रचण्ड पक्षले तयारी गरेको छ भने प्रधानमन्त्री ओली पक्ष अझ उत्तेजित बन्दै मन्त्रीहरूलाई अब वारपारको चरणमा प्रवेश गर्न निर्देशन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.