भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान

फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान

काठमाडौं । १४औँ संस्करणको साफ च्याम्पियन अघिको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नै नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले फिलिपिन्ससँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ । सो खेल सकिएपछि शुक्रबार टोली त्यतैबाट भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारको बेंगलुरुमा हुँदैछ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच नेपाली समयअनुसार असार ६ गते अपराह्न पौने ४ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।

त्यसपछि नेपालले असार ९ गते भारत र असार १२ गते पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.