भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ

काठमाडौं । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो । नेपाल आयल निगमले नेपाल सरकारको ऋण र इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेपछि मूल्य बढेको जनाएको छ ।

१६ माघमा प्राप्त नयाँ खरिद मूल्य सूचीबमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मट्टीतेलमा ४.६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मूल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था भएकाले निगमले मूल्य समायोजन गरेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ । यसरी सरकारले पेट्रोलिय पदार्थको मूल्य बढाउदा आम सर्वसाधारण मर्कामा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.