भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

बगेर बेपत्ता भएको जीप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

बगेर बेपत्ता भएको जीप मोदी किनारमा भेटियो, एक जनाको शव फेला

पर्वत । कुश्मा नगरपालिका ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।

दुई जना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ । शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो ।

बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए ।

उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताए । बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् ।

गाडी रोक्न पछाडि पांग्रामा ढुंगाको आड लगाउँदा लगाउँदै बाढी आएपटि आफू भागेको तर ३ जनासहित जीपलाई भने बगाएको चालकले बयान दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.