भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बस दुर्घटनामा ४० जना घाइते

बस दुर्घटनामा ४० जना घाइते

पाँचथर । फिदिममा यात्रुवाहक बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान सरखण्डेमा दुर्घटनाग्रस्त भएको हो । ६० भन्दा बढी यात्रु रहेको बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा अस्पताल लगिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.