भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बस दुर्घटनामा ४० जना घाइते

बस दुर्घटनामा ४० जना घाइते

पाँचथर । फिदिममा यात्रुवाहक बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान सरखण्डेमा दुर्घटनाग्रस्त भएको हो । ६० भन्दा बढी यात्रु रहेको बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा अस्पताल लगिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.