काठमाडौं । उम्मेदवारी फिर्ता लिन पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको उक्त निदेर्शन दिएको हो । पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गठबन्धनले गरेको छ ।
बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल फिर्ता लिनुपर्ने बताएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् ।
त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन गरेको भएपनि उम्मेदवारी फिर्ता भएको छैन् । पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गठबन्धन बैठकले निर्णय गरेको छ ।
