भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बाग्लुङका दश पालिकाद्वारा भूकम्पका पीडितलाई ३० लाख रुपैयाँ सहयोग

बाग्लुङका दश पालिकाद्वारा भूकम्पका पीडितलाई ३० लाख रुपैयाँ सहयोग

बाग्लुङ । बाग्लुङका दश पालिकाले शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग रकम उपलब्ध गराउने भएका छन् । बाग्लुङका दश पालिकाले एकमुष्ट ३० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएका हुन् ।

चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बाग्लुङ जिल्लाका पालिकाले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बाग्लुङ, जिल्ला रेडक्रस सोसाइटी बाग्लुङ, रोटरी क्लब अफ बाग्लुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताउनुभयो ।

भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बाग्लुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.