भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख प्रजातिद्वार निरीक्षण

बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख प्रजातिद्वार निरीक्षण

भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन् । मंगलबार परेको अविरल वर्षाका कारण भक्तपुर नगरपालिका भित्रको बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख प्रजापतिले निरीक्षण गरेका हुन ।बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख प्रजातिद्वार निरीक्षण

विगत केही दिनदेखि परिरहेको वर्षा र मंगलबार परेको वर्षाको कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । डुबानले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् ।बाढी प्रभावित क्षेत्रमा नगर प्रमुख प्रजातिद्वार निरीक्षण

प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कराण भक्तपुर नपा वडा नं १ धालाखुसी, वडा नं ३ स्थित बाराही पुल, वडा नं ४ स्थित राममन्दिर र शान्ति निकेतन मावि र वडा नं ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पु¥याएको क्षेत्रहरुमा स्थलगत निरीक्षण गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.