भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बाढीको उच्च जोखिम भएकाले सचेत रहन आग्रह

बाढीको उच्च जोखिम भएकाले सचेत रहन आग्रह

काठमाण्डौ । शुक्रबार देशका १७ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना छ । आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर
चेतावनी दिएको हो ।

इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ र आसपासका भइ बहने नदीमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.