भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत

बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत

डोटी, । बाढीपहिरामा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका यहाँका १५ जनाको परिवारलाई सरकारी राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । उनका अनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरामा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले राहत प्रदान गरिएको हो ।

यसैगरी एकै परिवारका थप मृतक सङ्ख्याका आधारमा थप रु एक लाखका दरले राहत प्रदान गरिएको प्रजिअ विष्टले जानकारी दिए । जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन् । सबैभन्दा बढी मानवीय क्षति जिल्लाको जोरायल गाउँपालिकामा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोरायल गाउँपालिकामा मात्रै बाढीपहिरामा परी सात जनाको मृत्यु भएको थियो ।

यसैगरी बाढीपहिराबाट धनजनको क्षति भएका अन्य पीडितका लागि सरकारबाट उपलब्ध हुने रकम आएपछि यथाशीघ्र वितरण गरिने प्रजिअ विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मृतकका लागि आएको राहत रकम वितरण गरेका छौँ, अब अन्य क्षतिको रकम आए तत्कालै वितरण गर्ने छौँ ।” यहाँका बाढीपहिरापीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले त्रिपाल, लुगाकपडा, भाँडाकुडालगायतका सामग्री वितरण गरेको सभापति लछीराम कुँवरले जानकारी दिए ।

यसैगरी जिल्लाको जोरायल गाउँपालिकाले बाढीपहिराले ज्यान गुमाएका परिवारलाई किरिया खर्चस्वरुप रु २५ हजार उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । बाढीपहिराले घर जमिन बगाएपछि यहाँका अधिकाश पीडितको पालमुनी बास भएको छ ।

 


Thali Mobile Pvt.Ltd.