भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बारा–२ बाट उपेन्द्र यादव विजयी

बारा–२ बाट उपेन्द्र यादव विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । २८ हजार ४ सय १५ मत प्राप्त गरी यादव विजयी भएका हुन । निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे ।

यादव पाँच हजार ८१ मतको अन्तरमा विजयी भए भने तेस्रो स्थानमा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल २ हजार ८ सय २९ मतका साथ चौथो स्थानमा पुगे । एक लाख पाँच हजार २ सय ४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १ सय ७ मत खसेको थियो ।

यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यादव विजयी हुने एक्लो उम्मेदवार हुन ।

तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले र रवि लामिछाने विजयी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.