भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

बालकोट केपीसंग बार्गेनिङ्ग गर्दै उपेन्द्र यादव

बालकोट केपीसंग बार्गेनिङ्ग गर्दै उपेन्द्र यादव

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भागबण्डा नमिलेपछि जसपा बाहिरिएको बुझिएको छ ।

गठबन्धनबाट बाहिरिएको जसपाले अहिले बालकोट पुगेर एमालेसँग बार्गेनिङ्ग गरिरहेको नेताहरुले बताएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी चुनावी तालमेलका बारेमा बार्गेनिङ्ग गरेका हुन ।

गठबन्धनको बैठक छोडेर यादव ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।सहमतिअनुसार आज दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षरको तयारी भएको जनाएको छ। जसपाले एमालेसँग २५ वटा प्रतिनिधिसभा क्षेत्र दाबी गरेको बुझिएको छ।

 


Thali Mobile Pvt.Ltd.