भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालबालिकामा अनौठो लक्षण

बालबालिकामा अनौठो लक्षण

काठमाण्डौ । बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको छ ।

अमेरिकाको नर्थवेस्टन युनिभर्सिटीको छालारोग विभागका डाक्टर एकडा एमी पालेरले भाइरस शरीरमा प्रवेश गरेपछि छालाले प्रतिक्रिया देखाउनु स्वाभाविक भएको बताए । इटलीमा कोरोना सङ्क्रमित बालबालिका र किशोरकिशोरीमध्ये २० प्रतिशतमा यस्तो समस्या देखिएको रिपोर्ट नै सार्वजनिक भएको थियो ।

फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलोु नामाकरण गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.