बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाए बैठक

बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाए बैठक

काठमाडौं । स्थानीय तह निर्वाचनका बारेमा छलफल गर्न गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको काँग्रेस नेताले बताएका छन् ।

काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.