बुटवलमा प्युठानका संक्रमितको मृत्यु

बुटवलमा प्युठानका संक्रमितको मृत्यु

बुटवल । कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं। ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको हो । अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

 


Thali Mobile Pvt.Ltd.