काठमाडौँ । मौसम बदली भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनेछ भने पहाडी भागमा ठूलो वर्षा हुने पूवानुमान गरिएको छ ।
कर्णाली प्रदेशको उच्च हिमाली जिल्लामा आइतबारदेखि नै हिमपात भइरहेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । तापक्रम माइनसमा झरेको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढपक्कै भएको छ ।काठमाडौं उपत्यकामा आज बाक्लो हुस्सु लागिरहेको छ ।उपत्यकाको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
