भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैतडीमा बस दुर्घटना हुदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस दुर्घटना हुदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका २ गन्‍नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति साढे १० बजे बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छन् । बस ५ सय मिटर तल खसेको, ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेलधुरा लैजाने क्रममा मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

घाइते भएका ३४ जनामध्ये गम्भीर ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । उक्त बसमा ४० भन्दा बढि सवार रहेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.