बैतडीमा बस दुर्घटना हुदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस दुर्घटना हुदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका २ गन्‍नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति साढे १० बजे बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छन् । बस ५ सय मिटर तल खसेको, ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेलधुरा लैजाने क्रममा मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

घाइते भएका ३४ जनामध्ये गम्भीर ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । उक्त बसमा ४० भन्दा बढि सवार रहेको प्रहरीको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.