काठमाडौँ । विदेशबाट नेपालीले ल्याउन पाउने सुनको परिमाणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले प्रष्ट्याएको छ । प्रष्टीकरण अनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न नपर्ने र पुरुषले २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएसंगै एकजना यात्रु (महिला र पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था कार्यालयले गरेको छ ।
कार्यालयले नयाँ नियममा काँचो सुनलाई बंग्याएर बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता नदिने जनाएको । पछिल्लो समय विमानस्थल हुँदै सुन तस्करी हुन थालेपछि विदेशबाट आउने नेपालीलाई सुन ल्याउनमा कडाई गरेको छ ।
