भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

ब्राउन सुगरसहित दुई पक्राउ

ब्राउन सुगरसहित दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।

हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यसैगरी रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । रानालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । ब्राउन सुगरसहित पक्राउ परेका हमालमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.