भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

भक्तपुर अस्पतालकाे आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

भक्तपुर अस्पतालकाे आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

भक्तपुर । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

भक्तपुर जिल्लामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि समुदायस्तरमा कोरोना फैलिन नदिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुर अस्पतालमा प्रदेश सरकारको सहयोगमा पीसीआर परीक्षण सेवा औपचारिक रुपमा आजबाट सुरु गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरु अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको हाे ।

एनजीओद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको थुप्रै बेथितिहरू औंल्याउनुहुँदै मन्त्री दुलालले भक्तपुर क्यान्सर अस्पताल सरकारी व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गरिसकेको बताए । सरकारको मातहतमा सञ्चालनपश्चात भक्तपुर क्यान्सर अस्पतालले भरतपुर अस्पतालमा जस्तै सस्तोमा स्तरीय क्यान्सर उपचार सेवा प्रदान गरिने उनले आश्वस्त पारे।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताउदै कोरोना जोखिमलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायाम पनि सुरुवात गरिसकेको बताए । कोभिड महामारीबीच निजी अस्पताल जनताको सेवा भन्दा नाफा र संस्थागत फाइदाको निम्ति सञ्चालन भएको कुरा पुष्टि भएको बताउदै प्रमुख प्रजापतिले सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय सकारात्मक भएको बताए ।

बागमती प्रदेशका प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले वर्तमान समयमा भक्तपुर अस्पताल सञ्चालनमा ठूलो विकास भइरहेको बताए ।जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको उनकाे भनाइ छ ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतमले पीसीआर सेवाको प्रारम्भिक परीक्षण भइरहेको र भक्तपुर अस्पतालबाट पीसीआर परीक्षण निःशुल्क रुपमा गरिने जानकारी दिइन । भक्तपुर अस्पतालमा पीसीआर परीक्षणको व्यवस्थाका लागि भक्तपुरका जनप्रतिनिधि एवम् जनताले निरन्तर पहल गर्दै आइरहेको स्मरण गर्दै डा. गौतमले कोभिड महामारीबीच पनि अस्पतालले अहोरात्र बिरामीहरूको उपचार र सेवामा समर्पित भएर लागिपरेको बताइन् ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो भने जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलाल, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल, पत्रकार महासंघ भक्तपुर जिल्लाका अध्यक्ष पुष्कर बुढाथोकीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्त्री दुलाल, नगर प्रमुख प्रजापति, प्रदेश सांसदलगायतले पीसीआर प्रयोगशालाको औपचारिक उद्घाटन पश्चात अस्पतालको सघन उपचार कक्ष (आइसीयु) को स्थलगत अवलोकन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.