भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा कैलाश खबरकर्मी सम्मानित

भक्तपुर अस्पतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा कैलाश खबरकर्मी सम्मानित

भक्तपुर । भक्तपुर असपतालको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा पत्रकार तथा कैलाश खबरका प्रकाशक विनोद विश्वकर्मा सम्मानित भएका छन् । पत्रकारीताका माध्यमबाट समाजलाई जागरुक बनाएको भन्दै उनलाई सम्मान गरिएको हो ।

कोभिड–१९ को महामारीमा अक्सिजन सहयोग गरेको स्मरण गर्दै जनसरोकारका हरेक गतिविधिमा अझ कलम चलाउन भन्दै भक्तपुर प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, अस्पतालका मेसु सुमित्रा गौतम, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,

मुख्यमन्त्री कार्यालयका सल्लाहकार डीपी ढकाल, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थलगायतको सहभागितामा सम्मान गरिएको हो । कार्यक्रममा नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत मन्त्री श्रेष्ठले प्यालिएटिभ केयर तथा ज्येष्ठ नागरिक वार्डको रिबन काटेर उद्घाटन गरे ।

बागमती प्रदेशका विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन बागमती सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको नीति अगाडि सारेको उनको भनाइ छ ।

कार्यक्रममा अस्पतालको स्तरवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार रमेश गिरी, सन्जीव सुभचिन्तक, पुष्कर बुढाथोकी, अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र अस्पतालका सहयोगीलाई सम्मानपत्र वितरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.