भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

भक्तपुर क्यान्सर अस्पतालका चारजना कर्मचारीमा कोरोना संक्रमण भएपछि सजकता अपनाइयो

भक्तपुर क्यान्सर अस्पतालका चारजना कर्मचारीमा कोरोना संक्रमण भएपछि सजकता अपनाइयो

असार २०७७ काठमाडौँ । कोरोना पुष्टि भएका ५४ जनामध्ये चार जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी रहेको खुलेपछि सजकता अपनाइएको छ । ल्याबमा कार्यरत तीन जना र एक जना कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएको हो । बिरामी र बिरामीका कुरुवामा कोरोना देखिए पछि अस्पतालका ७० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो ।

परिक्षण गरिएका मध्य चार जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । सङ्क्रमितमध्ये भक्तपुर नपा वडा नं २ इटाछेँका २४ वर्षीय पुरुष, भक्तपुर नपा वडा नं ९ देगइनाका ३३ वर्षीया महिला, भक्तपुर नपा वडा नं २ बर्केमा डेरा लिई बसेका २१ वर्षीया महिला, भक्तपुुर नपा वडा नं २ ब्यासीका २७ वर्षीय पुरुष रहेको पुष्टी भएको छ ।

अस्पतालका ६ जना चिकित्सक र ४ जना ल्याबका कर्मचारी एकान्तवासमा बसेका छन् । अस्पतालका कर्मचारीलाई दुई समूहमा विभाजित गरी सबै सेवा सुचारु गर्न सकिने अस्पतालले बताएको छ । त्यस्तै सूर्यविनायक नगरपालिकाका दुई जना र चाँगुनारायण नपाका चार जनाको परीक्षण पनि पोजेटिभ देखिएको छ । उपत्यकामा सङ्क्रमितको सङ्ख्या हालसम्मकै सबभन्दा ठुलो भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.