भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णालीमा कोरोना कोषको रकम रक्सी खाएर स्वाहा

कर्णालीमा कोरोना कोषको रकम रक्सी खाएर स्वाहा

असार २०७७ मुगु । कोरोना कोषमा आएको करिब १ करोड रकम सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले मिलिमतोमा अधिकांश भागमा रक्सी खाएर बजेट स्वाहा पारेको खुलेको छ । एक करोड बढि रकम हिनामिना गरेको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि उजुरी पेस गरेपछि यस्को रहस्य छताछुल्ल भएर बाहिरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायाँनाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा अन्य निकायको सहयोग गरि १ करोडभन्दा बढी रकम जम्मा भएको अध्यक्ष शाहीले बताएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेस गरिएको भन्दै अध्यक्ष शाहीले गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख धान्य बुढा र लेखापाल जिरबहादुर बुढाको मिलेमतोमा रकम हिनामिना भएकोले बुझिएको छ ।

तस्वीर बाेल्छ…

काम नै नभएको नक्कली योजना बनाएर प्रमुख प्रशासकीय अधिकृत र लेखापालले वडा नं. ८ को तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेस गरेको उनको भनाइ छ । गाउँपालिकाले आ.व ०७६ ०७७ मा १५ लाख बजेट विनियोजन गरेको थियो । उक्त योजनाको उपप्रमुखले ४ लाख अग्रिम पेस्की लिएकी थिइन ।

कामै नगरी बाँकी रहेको ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरेको अध्यक्षको भनाई छ । विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम प्रमुख प्रशासकीय अधिकृतले रक्सीमा खर्च गरेको स्थानीयको आरोप छ । उनीहरुले गाउँपालिकाको अर्डर स्लीपमा रक्सी मगाएको, चम्चा, थाल र रक्सीमा रकम दुरुपयोग भएको दावी अध्यक्षको छ ।

 


Thali Mobile Pvt.Ltd.