भक्तपुर । लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका पुण्यप्रसाद बोहोराको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का २७ वर्षीय बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार राति १० बजे लोकन्थलीमा प्र ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटना कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

