भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

भक्तपुरमा तलेजु भवानीको सेतो घोडा जात्रा सम्पन्न

भक्तपुरमा तलेजु भवानीको सेतो घोडा जात्रा सम्पन्न

भक्तपुर । तलेजु भवानीको वाहनको प्रतिक सेतो घोडाको जात्रा सम्पन्न भएको छ । गए राति ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा छ ।

जात्रा अघि तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन गरिन्छ ।

पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडाको बलि दिइएर भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने पूजारी नरेन्द्र जोशीले बताए ।

घोडालाई तलेजुको मूलचोकवाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो टोल दरवार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो टोल दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.