भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

भक्तपुरमा बजार अनुगमन तीब्र, म्याद नाघेका अखाद्य बस्तु खोज्दै नष्ट गरिदै

भक्तपुरमा बजार अनुगमन तीब्र, म्याद नाघेका अखाद्य बस्तु खोज्दै नष्ट गरिदै

भक्तपुर। भक्तपुरमा बजार अनुगमन तीब्र पारिएको छ । चाँगुनारायण नगरपालिकाले बजार अनुगमन तीब्र पारेपछि छयाप्छयाप्ती अखाद्य बस्तु भेटिन थालेको छ । दुवाकोट एरियामा रहेका मिनिमार्ट र खाद्य पसल अनुगमन गर्दा यस्तो भेटिएको हो हो । उपभोक्ताको हित संरक्षणनार्थ उक्त क्षेत्रको बजार अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै सोमाबार नगरपालिकाले नगरकोट क्षेत्रमा अनुगमन गर्दा बलराम स्टोरमा चिनी प्रति के.जी १३५ मा विक्री गरेको, खरिद बिल माग्दा देखाउन नसकेकोले अनुचित व्यवसाय जन्य क्रियाकलापमा पाँच हजार एक सय जरिवाना गरिएको छ । उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको बजार अनुगमन संयोजक रमेश बुढाथोकीले बताए ।

त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरूको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । उक्त स्टोरलाई ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको छ । लामा कोल्ड स्टोर म्याद नाघेको भुजिया ७ पाकेट, फुर्डकेक दूध ९ पाकेट, मेरी बिस्कुट २ पाकेट जफत गरी नष्ट गरिएको अनुगमन गरिएको अधिकृत सुरज पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.