भर्खरै : Sorry, your browser does not support inline SVG.
दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास | १४० टन भग्नावशेषमुनि ८ दिन बिताएका व्यक्ति जीवितै उद्धार, भेनेजुएलामा चमत्कारिक घटना | पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोकिने | चार प्रदेशमा भारी वर्षाको चेतावनी, मेघगर्जन र चट्याङको जोखिम | कान्ति लोकपथमा राति गाडी सञ्चालन बन्द, मनसुन जोखिमका कारण प्रशासनको निर्णय |

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

महोत्तरी । यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् । “भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भन्नुभयो, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको जानकारी दिए।

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ कुलो, नहरको प्रबन्ध छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइ इनार, बोरिङ को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन् । जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ ।

यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ । असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा भएको खेतीबाट राम्रो उत्पादन हुने आशमा छन् । पछिल्लो वर्षाले धानखेतीलाई राहत भए पनि जिल्लामा यसपालि नगदे तरकारी खेती भने निकै घट्ने भएको छ । तरकारी खेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ । नगदे खेतीमै उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउनुहुन्छ ।

बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन् । गाउँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन् । जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक नियमित मर्मतसम्भार नहुँदा ठाउँठाउँमै ठूलठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ । यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेको छ । सडकसम्बद्ध कार्यालय र स्थानीय तहले सडक मर्मतसम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन् ।

भदौरे बर्षाले आकाशे धानखेतीलाई राहत

यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् । “भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भन्नुभयो, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको जानकारी दिए ।

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ कुलो, नहरको प्रबन्ध छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइ इनार, बोरिङ को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन् । जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ । यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ ।

असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा भएको खेतीबाट राम्रो उत्पादन हुने आशमा छन् । पछिल्लो वर्षाले धानखेतीलाई राहत भए पनि जिल्लामा यसपालि नगदे तरकारी खेती भने निकै घट्ने भएको छ । तरकारी खेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ । नगदे खेतीमै उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउनुहुन्छ ।

बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन् । गाउँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन् । जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक नियमित मर्मतसम्भार नहुँदा ठाउँठाउँमै ठूलठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ । यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेको छ । सडकसम्बद्ध कार्यालय र स्थानीय तहले सडक मर्मतसम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.