भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

भनपाको एघारौं नगरसभा सुरु

भनपाको एघारौं नगरसभा सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाकाको एघारौं नगरसभाको पहिलो बैठक माघ २६ गते बसेको छ । बैठक सुरु गर्दै प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताए । उनले जनतासँग नजिक हुने गतिविधि चालु राख्न आग्रह गरे ।

विचार र सिद्धान्तमा अडिग रही इमानदारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिहरुको कर्तव्य भएको बताउदै प्रजापतिले सभामा सबै सदस्यहरुको सक्रिय सहभागिताको लागि आग्रह गरेका थिए । संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिन्ह नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्हरुलाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दलहरु पनि खारेज हुनुपर्ने बताए

 


Thali Mobile Pvt.Ltd.