९ बैशाख २०७७, नयाँदिल्ली । परीक्षणको पाँच प्रतिशत मात्रै सही रिपोर्ट आएको भन्दै कोरोना संकट चुलिइरहेका बेला भारतको राजस्थान राज्य सरकारले र्यापिड टेस्ट किट प्रयोगमै प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमित बिरामीको रिपोर्ट पनि नेगेटिभ देखाएपछि राज्य सरकारले प्रतिबन्ध लगाएको हो ।
उत्त किटलाई कोरोना जाँचमा फेल सावित घोषणा गर्दै राज्य सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । र् १२३२ जनाको परीक्षण गरिएकोमा केवल दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो । आरडीटीको नतिजा सही भए नभएको पत्ता लगाउन त्यहाँ पीसीआर परीक्षण पनि गरिएको थियो ।
जसमा रिपोर्ट नेगेटिभ आएको देखायो । यसपछि राज्य सरकारले र्यापिड टेस्ट किटबाट गरिने जाँच नै रोकिदिएको हो। यो किटलाई फिर्ता नै गर्ने निचोडमा राज्य सरकार पुगेको छ । राजस्थान राज्य सरकार र्यापिड टेस्ट किट प्रयोगको अनुमति दिने पहिलो प्रान्त हो । राजस्थानका स्वास्थ्य मन्त्री डा. रघु शर्माका अनुसार र्यापिड टेस्टिङ्ग किटको प्रभाव जान्नका लागि एउटा कमिटी नै बनाइएको छ । एजेन्सी