भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा आफ्नोे ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका मित्रवत् जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

भारतका लागि नेपाली राजदूतमा नियुक्त भएकामा डा शर्मालाई स्वागत गर्दै भारतका राष्ट्रपतिले बधाई ज्ञापन गर्नुुभयो । राष्ट्रपति कोविन्दले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत् जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत शर्मालाई आग्रह गर्नुभयो ।राजदूत शर्माले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तत्पर रहेको बताउनुभयो । दुई देशको सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।त्यस अवसरमा भारतको परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.