भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतमा दुई समुदायबीचको हिंसामा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

भारतमा दुई समुदायबीचको हिंसामा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

भारत । भारतमा दुई समुदायबीचको हिंसामा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार मृतकको सङ्ख्या निकै धरै रहेको अनुमान छ । ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको जनाएको छ । भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताएका छन् ।

शनिबार सडकमा छिटपुट गाडी देखिन थालेका र अत्यावश्यक सामग्री बेच्ने पसल पनि खुलेका खबरमा उल्लेख छ । सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ भने हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् ।  मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.