भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भुक्तानी नपाए साँगा–धुलिखेल सडक विस्तार रोक्ने चेतावनी

भुक्तानी नपाए साँगा–धुलिखेल सडक विस्तार रोक्ने चेतावनी

काठमाडौं । साँगा–धुलिखेल सडकखण्डमा काम बापतको रकम भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीले चेतावनी दिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार गरिंदै छ ।

कूल १५.५ किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो। सडक विभागका अनुसार ठेक्का रकम रु चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ।

निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै रु १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो ।

कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भने, “दशैंसम्ममा माग अनुसारको रकम भुक्तानी नभए साँगा-धुलिखेल सडकखण्डको काम रोक्नेछौं ।” भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनीयर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट रु १५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताए ।

सूर्यविनायक(धुलिखेलसम्म पुल निर्माण सहित सडक विस्तारका लागि कुल रु नौ अर्ब लाग्ने र यसमध्ये जम्मा रु ५४ करोड मात्रै ‘स्रोत सुनिश्चितता’ भएको उनको भनाइ छ । “सुनिश्चित स्रोतमध्ये रु १५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लागिएको छ”, लामिछानेले भने ।

आयोजनाका लागि हाल सरकारसँग रु एक अर्ब माग गरिएको लामिछानेले बताए। उनका अनुसार साँगा(धुलिखेल सडकखण्ड अन्तर्गत रूख कटान कार्य सुरु गरिएको तथा विद्युत्‌का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग समन्वयमा प्रक्रिया थालिएको छ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो। दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक(साँगा ७.५ किमी सडकखण्ड भने रु तीन अर्ब ८८ करोड ९३ लाखको रहेको छ। यी दुवै सडकखण्ड ३६ महिनाभित्र सक्नुपर्ने गरी २०७९ साल फागुनमा सम्झौता गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.