भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

भूतपूर्व गोर्खा समस्या समाधानबारे मन्त्रीस्तरिय छलफल

भूतपूर्व गोर्खा समस्या समाधानबारे मन्त्रीस्तरिय छलफल

काठमाडौं । भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्री र बेलायतका लागि नेपाली राजदूतबीच भेटेवार्ता सम्पन्न भएको छ ।

गोर्खा वार्ताका लागि नेपाल सरकारका तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो ।

भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको दूतावास उपनियोग प्रमुख रोशन खनालले बताए ।

वार्ताको मिति भने अझै तोक्न नसकिएको तर नेपालको तर्फबाट छिट्टै वार्ता गर्न बेलायती सरकारसँग आग्रह भएको नेपाली दूतावासले जनाएको छ ।

बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको छ । छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.