भोट मलाई है झलनाथ जिः रामचन्द्र

भोट मलाई है झलनाथ जिः रामचन्द्र

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले भेटघाटलाई तीब्रता दिएका छन् ।

आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबाट आफू विजयी हुन पौडेलले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन्।

यसैक्रममा उनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालसँग भेट गरेर मत मागेका छन् ।

भेटमा समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ। नेता खनाललाई भेट्न पौडेल खनाल निवास डल्लु पुगेका थिए ।

भेटमा खनालले पौडेललाई आस्वस्त पारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.