मधेसवादी दलले हलो अट्काउदा काँग्रेसको भूमिका के ?

मधेसवादी दलले हलो अट्काउदा काँग्रेसको भूमिका के ?

काठमाडौं । ओली नेतृत्वको सरकार ढाल्न लागिपरेका दलहरुले पछिल्लो समय आ–आफ्नै डम्फु बजाउन थालेका छन् । वैकल्पिक सरकार गठनका लागि काँग्रेस अघि सरेको छ भने मधेसवादी दल पर्ख र हेरको नीति अवलम्बनमा हलो अट्काईरहेका छन् ।

शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँगको छलफलमा वैकल्पिक सरकार गठनको विकल्प नभएको र तीन दल मिलेर अघि बढ्न आग्रह गरे ।

उनले जसपा सहमतिमा आए यो पहलले सार्थकता पाउने बताए । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न गरेको आग्रह नमान्दा अहिले उनलाई ओलीले लात हानेको समेत दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.