भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

मन्त्री आले ९० नम्बर दिदै, झाँक्री रुदै विदा

मन्त्री आले ९० नम्बर दिदै, झाँक्री रुदै विदा

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री लगायत मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । आइतबार आ–आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आठ महिना २० दिनको जिम्मेवारीप मन्त्रीहरुले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन पत्रकार सम्मेलनमा मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको जानकारी दिए ।

राजीनामा दिँदै उनले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबी समेत गरे । राष्ट्रियसभामा सहरी विकास मन्त्री झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले आइतबार नै बजेटमाथिको उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा घोषणा कार्यक्रममा मन्त्री झाँक्रीले आफ्नो कार्यकालमा गरेको कामहरुको जनाकारी गराएकी थिइन ।

सहरी विकास, फोहोर व्यवस्थापन, रेट्रोफिटिङ, विश्व बैंकहरुसँग भएको सहमति, जनता आवास कार्यक्रम, टुकुचा फोहोर पानी प्रशोधन लगायतमा महत्वपुर्ण कामहरुको सुरुवात भएको जानकारी दिइएको थियो । झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रुदै विदा भएकी छन् ।

मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.