भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मन्त्रीको गुनासो मन्त्रिपरिषद्ले नै सुनेन : मन्त्री आले

मन्त्रीको गुनासो मन्त्रिपरिषद्ले नै सुनेन : मन्त्री आले

काठमाण्डौ । बजेट बढाउने आफ्नो मागलाई मन्त्रीपरिषद्ले समेत चासो नदिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आरोप लगाएका छन् । विनियोजन विधेयक २०७९ अन्तर्गत आइतवार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरेका हुन ।

उनले बारम्बार मन्त्रिपरिषद्को बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाई नभएको भन्दै परिणाम स्वरुप मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको तर्क गरे ।

उनले भने, कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घट्न गएको हुनाले बारम्बार मान्य अर्थमन्त्रीले भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाई भएन । त्यसले पनि थुप्रै मान्यज्यूहरुले राखेको प्रश्नमा मैले बजेटको व्यवस्थापन गर्न सकिनँ ।

मन्त्रिपरिषद्को बैठक र अर्थ मन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाइ नभएको उनको भनाइ छ । मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घटेको बताउदै नेपालमा आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव रहेको पनि स्पष्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.