महिला टी–२० आई क्रिकेटमा नेपाल पराजित

महिला टी–२० आई क्रिकेटमा नेपाल पराजित

काठमाडौं । हङकङमा चलिरहेको चारदेशीय महिला टी–२० आई क्रिकेटमा नेपाल पराजित भएको छ ।

तान्जानियासित २७ रनले पराजित नेपाल जितका लागि ११६ रनको लक्ष्य पछ्याएको थियो ।

नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो ।

नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न नसकेको प्रशिक्षकले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.